कर्णालीका कृषि उत्पादनलाई निजी क्षेत्रले ब्रान्डिङ गरेर बेचिरहेको छ । मनग्ये नाफा पनि आर्जन गरिरेको छ । तर सरकारी स्वामित्वको खाद्य संस्थानले भने कर्णालीकै १६ सय क्वीन्टल सिमी र फापर बेच्न नसकेर दुई वर्षदेखि गोदाममै थन्क्याएको छ । संस्थानको व्यवस्थापकीय अक्षमता र कर्मचारीमा काम गर्ने तत्परताको अभावले सहरी उपभोक्ताले खोजीखोजी किन्ने उत्पादन समेत गोदाममै कुहिने स्थितिमा पुगेको देखिन्छ ।
कणार्लीका कृषि उत्पादन भन्नेबित्तिकै उपभोक्ताले खोजी खोजी किन्छन् । रासायनिक मल प्रयोग नभएको, उच्च पहाडी वातावरणमा हुर्किएको, स्वादिलो र पोषिलो समेत हुने विश्वास सहरी उपभोक्तामा छ । त्यही कारण व्यापारीले मार्सी चामल, सिमी, फापर, बोडी, स्याउ लगायत कृषि उपजलाई कणर्ालीको नाममा ब्राण्डिङ गरेर मनग्ये आम्दानी गरिरहेका छन् । तर खाद्य संस्थानले भने दुई वर्षअघि किनेको १६ सय क्विन्टल फापर र सिमी अझै बेच्न सकेको छैन । गोदाममै बिग्रने अवस्था आएपछि संस्थान लिलामी गर्ने तयारीमा छ ।
कणर्ालीमा उत्पादन भएका वस्तुलाई बजार दिलाउने सरकारी नीति अनुसार संस्थानले त्यहााका कृषि उपज चार वर्षदेखि खरिद गर्दै आएको छ । विकट क्षेत्रका कृषि उपजको बजारीकरणमा सहयोग गर्नु र ती क्षेत्रमा खाद्यान्न ढुवानी गर्नु संस्थानको मुख्य जिम्मेवारी नै हो । यो कामका लागि संस्थानमा करिब २ सय ५० कर्मचारी छन् । तिनको तलबमा मात्र मासिक ७५ लाख रुपैयााभन्दा बढी खर्च हुन्छ । कुनै संजालविनैका व्यापारीले कर्णालीका उत्पादन ब्राण्डिङ गरेर बिक्री गर्न सक्छन् भने संस्थानचाहिं किन निकम्मा ? कर्मचारीमा जागिरे मानसिकता, काम नगर्नेलाई कारवाहीको व्यवस्था नहुनु र व्यवस्थापकीय अक्षमताका कारण संस्थान निकम्मा सावित भएको हो ।
बजारमा उच्च माग रहेका कृषि उपज संस्थानले बेच्नै नसकेर गोदाममा थन्क्याउनुले यसको औचित्यमाथि समेत प्रश्न उठेको छ । यस्तै निकम्मापनका कारण नै सरकारी संस्था खारेज गर्नुपर्ने तर्कले ठाउँ पाउँछ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
खाद्य संस्थानले कर्नालीको १६ सय क्वीन्टल सिमी र फापर पनि बेच्न सकेन | Kantipur Samachar news headlines uk | |
| 11 Likes | 11 Dislikes |
| 519 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 22 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét