संरक्षण गर्ने निकाय नै सक्रिय नभएपछि महोत्तरीमा लक्ष्मीनारायण मठको जग्गा फिर्ता हुन सकेको छैन । मठको तीन सय विघा भन्दा बढि जग्गा अतिक्रमण भएपनि संरक्षण गर्ने निकाय गुठि संस्थान र मठका महन्थ आरोप प्रत्याआरोपमा उत्रेका छन् ।
महोत्तरीको लक्ष्मीनारायण मठको गुठि अधिनस्त जग्गामा अतिक्रमण गरि पक्की र फुसको घर धमाधम निर्माण भइरहेको छ । ऐतिहासिक मिथिला परिक्रमाको विश्राम स्थल मटिहानी स्थित यस परिक्रमा गाछीमा गुठिको जग्गा कब्जा गरि पााच वर्ष देखि खुलेयाम घर बनिरहेका छन् । विभिन्न स्थानमा रहेका २२ वटा मौजाको तीन सय विघा जमीन अतिक्रमणमा परेको छ ।
२०५३ सालमा सरकारको निर्णय अनुसार ७५ प्रतिशत छुटमा मटिहानी मठको ४ सय ५० विघा मोहि जग्गा बेचिएको थियो । वर्षेनी ९ हजार मोन धान असुल हुने मठिहानी मठमा अहिले मोहि तथा भाडामा लिएकाहरुले जग्गाको कुत समेत तिर्दैनन् । यो मठ र यहााका जग्गा गुठि अधिनस्त भएपनि जग्गाहरुको संरक्षण गर्न सम्वन्धित निकायले सक्रियता देखाएको छैन ।
महन्थकै पाला देखि मटिहानी मठको नाममा रहेका जग्गा अतिक्रमण र बेचविखन भएपनि अहिले मानमहन्थ जगन्नाथदासले गुठि संस्थान माथि सवै दोष थुर्पाछन् । गुठि संस्थान र मानमहन्थ निरिह हुदाा मटिहानी मठकै काठमाडौंको असन तलासी मठका ५ सय रोपनी जग्गा र ३ वटा घर लोप भइसकेको छ । सार्वजनिक सम्पति संरक्षण गर्ने निकाय लक्ष्मीनारायण मठका मानमहन्थ दास र गुठि संस्थानका कर्मचारीहरु नै प्रलोभनमा परेपछि मठका बहुमुल्य जग्गाहरु कपाली तमसुकमा सही छाप गरेर बेचिएका छन् । देशैभरिका मठ मन्दिरहरुको अग्रणी स्थानमा रहेको लक्ष्मीनारायण मठको अतिक्रमित जग्गा फिर्ता गराउन सरोकारवाला निकायको पहल आवश्यक छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
महोत्तरीमा लक्ष्मीनारायण मठको जग्गा अतिक्रमण गरि पक्की र फुसको घर धमाधम निर्माण | Kantipur Samachar news headlines uk | |
| 10 Likes | 10 Dislikes |
| 443 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 10 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét