तराइको लाइफलाइन मानिएको राष्ट्रिय गौरवको हुलाकी राजमार्गमा ठेकेदारको हेलचेक्राइँका कारण १ अर्ब ७० करोड लागतका ९ वटा पुल समस्याग्रस्त अवस्थामा पुगेका छन् । पूर्व पश्चिम जोड्ने हुलाकी राजमार्गको निर्माण थालिएको दश वर्षमा पनि कतिपय पुल बनाउन थालिएकै छैन ।
हुलाकी राजमार्गअन्तर्गत २ सय १९ वटा पुल बनाउनुपर्ने भएपनि अहिलेसम्म ८० वटा पुल मात्र निर्माण गरिएको छ । ८० पुल निर्माणाधीन छन् भने, ५९ पुल बल्ल डिजाइनको चरणमा छन् । निर्माणाधीनमध्ये १ अर्ब ७० करोड लागतका ९ वटा पुलमा व्यवसायीको अटेरीपनले काम निकै सुस्त छ ।
राजमार्गका कतिपय पुलमा ठेक्का सम्झौता भएको ७ वर्ष पुग्दासमेत मुस्किलले २० प्रतिशत पनि काम भएको छैन । पटक-पटक म्याद थप्दा पनि पर्साको तिलावे, सर्लाहीको बाँके, कैलालीको कन्द्रा, झापाको विरिङ, कन्काइ लगायत नदीका पुल निर्माणमा ठेकेदारको अटेरीले कामले गति नलिएको हो । हुलाकी राजमार्गमा समस्याग्रस्त बनेका ९ पुलमध्ये ५ वटामा कालोसूचिमा परेको पप्पु कन्स्ट्रक्सन संलग्न छ ।
पुल निर्माण मात्र होइन कालोपत्रको अवस्था पनि निकै टिठलाग्दो छ । १७ सय ९२ किलोमिटरको राजमार्गमा अहिलेसम्म जम्मा २ सय ५४ किलोमिटर कालोपत्र भएको छ । निकुञ्ज क्षेत्रमा पर्ने नवलपरासी र चितवन, घना जंगल भएको कल्याणकोट-शिवगढी तथा दाङ- बाँके खण्डमा राजमार्ग यकिन गर्नै बाँकी छ । ढिलाइकै कारण लागत बढेर ६५ अर्ब २० करोड पुगेको राजमार्गमा कामको गति नबढाए लागत अझै बढ्ने पक्का छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
पप्पु कन्स्ट्रक्सनले ओगटेका मात्रै पाँचवटा पुलको काम अलपत्र | Kantipur Samachar news headlines uk | |
| 39 Likes | 39 Dislikes |
| 1,108 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 11 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét