धरानमा तीन साताअघि देखापरेको डेंगुले प्रकोपकै रुप लिएको छ । संक्रमितको संख्या बढ्दै गएकाले प्रकोप नियन्त्रणबाहिर गएको देखिन्छ ।
तीन साताको अवधिमा धरान उपमहानगरपालिकामा ३ सय १७ जना मानिस डेंगुबाट संक्रमित भएका छन् । बिरामीको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत धरानका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । डेंगु देखा पर्न थालेसँगै नियन्त्रणको प्रयास थालेपनि बिरामीको संख्या घट्नुको साटो झनझन बढिरहेको छ ।
डेंगुका धेरै प्रकारमध्ये टाईप टु भाईरस धरानमा फैलिएको पुष्टि भइसकेको छ । धरानका प्रायःजसो ठाउँमा डेंगु सार्ने एडिज एजिप्टाई जातको लामखुट्टे फेला परेकाले उपमहानगरपालिकाले नियन्त्रणका लागि अभियान नै संचालन गरेको छ । स्वास्थ्य मन्त्रालयले पनि डेंगु जाँच गर्न ७ सयभन्दा बढी किटसहित स्वास्थ्यकर्मीको टोली खटाएको जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्रोतसाधन सीमित भएको र अनुमान गरेभन्दा फरक ठाउँमा डेंगु देखा परेकाले रोग नियन्त्रणमा सोचेअनुरुपको काम हुन नसकेको स्वीकार गरेको छ ।
डेंगु देखापरेको यो पहिलोपटक होइन । यस्ता समस्या विगतमा पनि पटक पटक देखिइसके पनि पूर्वतयारीमा सरकारले ध्यान नदिएको देखिन्छ । केन्द्र र स्थानीय तह दुवैले समन्वय बढाएर काम नगरे समस्या भयावह नहोला भन्न सकिन्न ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
धरानमा तीन साताअघि फैलिएको डेंगु नियन्त्रणबाहिर | Kantipur Samachar news headlines uk | |
| 32 Likes | 32 Dislikes |
| 2,079 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 10 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét